डढेलो नियन्त्रण गर्न हजारौँ व्यक्तिसहित दुई हेलिकप्टर परिचालन-Sutra News

डढेलो नियन्त्रण गर्न हजारौँ व्यक्तिसहित दुई हेलिकप्टर परिचालन

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । चीनको युनान प्रान्तको जंगलमा शुक्रबारदेखि लागेको डढेलोलाई नियन्त्रणमा लिन दुई हजार ३०० भन्दा बढी स्थानीयले संघर्ष गरिरहेका छन् ।



राजधानी कुनमिङको जिनिङ जिल्लाको डियान्ताउ गाउँको बस्ती नजिकै जंगलमा शुक्रबार दिउँसो ४ बजेदेखि डढेलो लागेको थियो । घटनामा हालसम्म कुनै हताहतको खबर आएको छैन ।

डढेलोले विशाल रूप लिँदै गएपछि बस्तीसमेत जोखिममा परेका छन् । स्थानीय प्रशासनले डढेलो निभाउनका लागि ४६ वटा एक्सकाभेटर र दुई वटा हेलिकप्टर परिचालन गरेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट