कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिराख्या छ- अध्यक्ष अ‍ोली-Sutra News

कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिराख्या छ- अध्यक्ष अ‍ोली

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको बताएका छन् ।



नयाँ बानेश्वरस्थिति संसद भवनमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले आक्रोश र पीडामा अनावश्यक टिप्पणी गरेको बताएका हुन् । उनले सहमतिका साथ अघि बढ्न आफ्नो पार्टीले समन्वयकारी भूमिका खेलेको जिकीर गरे ।

‘कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिराख्या छ, त्यस्तो गर्नु हुँदैन, संसदीय प्राणीमा यसलाई रक्षा गर्नु पर्छ, त्यसको एउटा सीमा हुन्छ, कसरी चल्ने ? चलाउने ? उहाँहरू तर्कमा आउनु हुन्न,’ उनले थपे, ‘ढिपी जिद्धीमा जानुहुन्छ, त्यो तरिका सच्याउनु पर्छ ।’

यस्तै, उनले कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको स्पष्ट पारे । बजेट अधिवेशनका लागि १५ दिनको ग्याप राख्नु पर्ने भएकाले संवैधानिक अवस्थालाई बुझ्नु पर्ने ओलीको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट