हरेक बलमा छक्का- कसैले चाहेर पनि तोड्न सक्दैनन् दिपेन्द्रको रेकर्ड-Sutra News

हरेक बलमा छक्का- कसैले चाहेर पनि तोड्न सक्दैनन् दिपेन्द्रको रेकर्ड

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । विश्वभर क्रिकेट प्रेमीका लागि परिचित नाम हाे, नेपालका बिग हिटिङ फिनिशर दिपेन्द्र सिंह ऐरी । शनिबार नेपालमा नयाँ वर्ष मनाइरहँदा नेपालीलाई खुसी मात्र दिएनन्, नेपालको क्रिकेट कस्तो छ भनेर देखाइदिए ।



ओमानकाे अल अमेरातमा एसीसी पुरुष प्रिमियर कप खेलमा कतारविरुद्ध अन्तिम ओभरमा दिपेन्द्रले जुन खेल प्रदर्शन गरे, त्यो विश्व क्रिकेटमा हुने अनौठो प्रदर्शन हो । अब उनी एक ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका तेस्रो व्यक्तिको रूपमा रेकर्डकर्ता हुन् ।

दिपेन्द्रले व्यक्तिगत १५ बलमा २८ रन बनाएर खेलिरहँदा नेपालको खातामा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । तर उनले कतारका मध्यम गतिका बलर कामरान खानलाई ६ छक्का प्रहार गर्दै २१ रनमा ६४ रन बनाए । बलिङतर्फ पनि उनले दुई विकेट लिए ।

सोही प्रदर्शनबाट दिपेन्द्रले सन् २००७ मा भारतका युवराज सिंहको रेकर्ड र सन् २०२१ मा केरोन पोलार्डले बनाएको रेकर्ड बराबरी बनाए । यसअघि मंगोलियाविरुद्ध पनि उनले लगातार ६ छक्का प्रहार गरेका थिए । तर, उक्त रेकर्ड दुई ओभरमा बनेको थियो । अर्थात दुई बलरलाई हानेको छक्का थियो ।

अझै मंगोलियाविरुद्ध दिपेन्द्रले बनाएको कीर्तिमान तोड्न असम्भव त छैन । तर, जो कसैले चाहेर तोड्न पनि सकिदैन । किनकी उनले उक्त खेलमा जम्मा ९ बलमा अर्धशतक प्रहार गरेका थिए ।

त्यस दिन उनले जम्मा १० बलमा नटआउट ५२ रन बनाए । उनी आक्रमक हुँदा नेपालले ३ विकेटमा ३१४ रन बनाएर टि २० फर्म्याटमा सबैभन्दा ठूलो रनको लक्ष्य पेश भएको थियो । यो पनि तोड्न असम्भव त छैन तर, कुनै टोलीले चाहेर तोड्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट