नयाँ वर्षको पहिलो कारोबार दिन सुनको मूल्यमा भारी गिरावट-Sutra News

नयाँ वर्षको पहिलो कारोबार दिन सुनको मूल्यमा भारी गिरावट

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबारको दिन सुनको मूल्य भारी गिरावट आएको छ । आज सुनमा मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले गिरावट आएको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । योसँगै चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट