गरिमा विकास बैंकको डेबिट–क्रेडिट कार्डमा क्यासब्याक योजना-Sutra News

गरिमा विकास बैंकको डेबिट–क्रेडिट कार्डमा क्यासब्याक योजना

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडाैं । नयाँ वर्ष ०८१ लाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले डेबिट–क्रेडिट कार्डमा क्यासब्याक योजना ल्याएको छ ।



बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ नगद फिर्ता योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत बैंकको डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताले नेपालभित्र पिओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम दुई सय रुपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

नगदरहित कारोबारलाई प्रोत्साहन एवम् प्रवर्द्धन गर्न यो योजना ल्याइएको बैंकले जनाएको छ । यो योजना १ देखि ३ वैशाखसम्म रहनेछ ।

साथै, बैंकले आफ्ना ग्राहकको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको पनि जनाएको छ ।

हाल बैंकले देशभर एक सय २३ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ५१ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट