दीपेन्द्रले फेरि बनाए कीर्तिमान-Sutra News

दीपेन्द्रले फेरि बनाए कीर्तिमान

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले कतारविरुद्ध कीर्तिमान बनाएका छन् । उनले एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका हुन् ।



एसीसी प्रिमियर कपमा दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए ।

दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनले २१ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ६४ रन बनाएका हुन् । यसअघि उनले मंगोलियाविरुद्ध नौ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट