

काठमाडौं । काठमाडौं महानगर १४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई आगलागी हुँदा एक करोड ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हिजो साँझ जेनेरेटर दुई थान, ट्रान्सफर्मर एक थान, प्यानल बोड एक थान, बिसिटी एक थान, फ्रिज कम्प्रेशर एक थानलगायत जलेर करिब एक करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।