काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु-Sutra News

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । नयाँ वर्षको पहिलो दिन आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगर ३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।



दुर्घटनामा स्कुटर चालक काठमाडौं पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट