एकै वर्षमा ३९ हजारले बढ्यो सुनको मूल्य-Sutra News

एकै वर्षमा ३९ हजारले बढ्यो सुनको मूल्य

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । यो वर्ष नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । वर्षको अन्तिम दिन चैत ३० गते नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ३९ हजार रुपैयाँको रेकर्ड कायम गर्न पुग्यो ।



एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य तोलामा ३३ हजार तीन सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएकोे हो । चालुु आर्थिक वर्षको सुरुवातदेखि निरन्तर बढ्दै गएको छ ।

केन्द्रीय बैङ्कहरूले सुनको मौज्दात बढाएका कारण सुनको मूल्य बढ्न गएको हो । डलरको सट्टा लगानीकर्ताले सुनको लगानी बढाउँदै जानुु, रुस-युुक्रेनको युुद्ध, भारत र चीनले सुनको खरिद बढाएको, अमेरिका र चीनको व्यापारिक गतिविधिलगायतका कारणले सुनको मूल्य बढ्दै गएको छ ।

राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेशमा मूल्य लगातार बढ्दै गएपछि आगामी दिनमा सुनको मूल्य एक लाख पचास हजारसम्म पुग्ने अनुमान विज्ञहरूको रहेको छ । सुनको मूल्य बढ्दै गएपछि गत फागुुन महिनादेखि बैङ्कले सुनको आयात गर्न छाडेका छन् ।

नेपला सुन चाँदी व्यवसायी महासङ्घका अनुुसार सुनको मूल्य लगातार बढ्दै गएर चालुु आवको चैत महिनामा प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुुगेको छ । गत वर्षको सो अवधिमा प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट