४३ लाख मूल्य बराबरको अवैध सामान बरामद-Sutra News

४३ लाख मूल्य बराबरको अवैध सामान बरामद

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाका आधारमा अवैध सामान बरामद गरेकाे छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ४३ लाख ३८ हजार रूपैयाँ बराबरको सामानसहित पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।



इलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको टोलीले १२ क्विन्टल रहर र चनाको दालसहित दुई लाख रूपैयाँ बराबरको पिकअप नियन्त्रणमा लिएको छ ।

यस्तै, बिरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको ना ३ ख ४९६१ नं. को भ्यानसहित ४१ लाखभन्दा बढी मूल्य बराबरको खुद्रा समान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट