भ्रष्टाचार गरेको अभियोगमा बैंकका कर्मचारीविरुद्ध मुद्दा दायर-Sutra News

भ्रष्टाचार गरेको अभियोगमा बैंकका कर्मचारीविरुद्ध मुद्दा दायर

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



नक्कली सदस्य बनाएर विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ । आयोगले अधिकारीविरुद्ध १९ लाख बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट