मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल-Sutra News

मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गरिरहेको छ ।



ओमानको अल अमेरत क्रिकेट मैदानमा भर्खरै भएको टसमा मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका छन् ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा छन् ।

त्यस्तै बेञ्चमा प्रतिश जिसी, विवेक यादव र अनिल शाह छन् । आजदेखि शुरु भएको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट