काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको हो ।