‘खजुरे ब्रो’को टिजरमा साथीको सम्बन्धसँगै, माया प्रेम र खजुरेको सङ्घर्ष-Sutra News

‘खजुरे ब्रो’को टिजरमा साथीको सम्बन्धसँगै, माया प्रेम र खजुरेको सङ्घर्ष

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । बैशाखको २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक भएको छ।



कमेडी जनरामा बन्नेको यो फिल्मको सार्वजनिक टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा यो फिल्म बनेको हो। यस फिल्मलाई सुरज सुनुवारको निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक सुनुवार स्वयम् कै लेखन रहेको छ। सुनुवारले ८ बर्ष अघि फिल्म ‘षडङ्ग’को निर्देशन गरेका थिए।

टिजरमा फिल्मका मुख्य कलाकार रेअर राई, महेश त्रिपाठी, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुष्कर गुरुङ, मनिष राउत, पवन लिम्बु, प्रकेश भुजेल, प्रेम सुब्बा, सुजता राई, दीप चन्द्र राई लगायतको अभिनय छ । यही फिल्मबाट नायिका नीति शाहले फिल्म क्षेत्रमा डेब्यू गर्दैछिन् ।

धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ। यूट्यूबमा उनी कस्ता थिए भनेर देखाउने भिडियोहरु देख्न सकिन्छ। जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दुखान्त कहानी रहेको बताइन्छ। ‘खजुरे ब्रो’ तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ। फिल्ममा खजुरे ब्रोको भूमिका रेयरले निर्वाह गरेका छन्।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन्।

डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्। शिशिर बिसंखेको छायांकन रहेको फिल्ममा मित्र डि गुरूङको सम्पादन छ। फिल्मलाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट