भेडीगोठमा आगलागी हुँदा एक जनाको मृत्यु-Sutra News

भेडीगोठमा आगलागी हुँदा एक जनाको मृत्यु

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०
फाइल तस्बिर ।

काठमाडौं । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका ८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ ।



गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए । अहिले उनको शव आफन्तको जिम्मा लगाइएको छ । भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट