प्रचण्ड र केपी अ‍ोलीबीच भेट, संसददेखि सत्ता समीकरणसम्म छलफल-Sutra News

प्रचण्ड र केपी अ‍ोलीबीच भेट, संसददेखि सत्ता समीकरणसम्म छलफल

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । सिंहदरबारमा भएको भेटमा संसदको गतिरोध, प्रदेशको सत्ता समीकरणलगायत विषयका छलफल भएको बताइएको छ ।



छलफलपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले लगातार संसद अवरुद्ध गरेकाले अधिवेशनको अन्त्य हुन लागेको बताए । उनले अधिवेशन अन्त्य हुने र अर्को नयाँ अधिवेशन हुने नियमित प्रक्रिया भएको जिकीर गरे ।

त्यस्तै, छलफलका क्रममा वैशाख १५ गते हुने उपनिर्वाचनका बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट