भारतीय चर्चित र्‍यापर वादशाहले सम्झिए यमबुद्ध-Sutra News

भारतीय चर्चित र्‍यापर वादशाहले सम्झिए यमबुद्ध

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । भारतीय चर्चित र्‍यापर वादशाहले नेपाली र्‍यापर स्वर्गीय यमबुद्धको स्मरण गरेका छन् ।



अनट्रिगर्ड विथ अमिनजाज नामक एक युट्युब च्यानलको कार्यक्रममा पुगेका उनले यमबुद्ध गीत संगीतको स्मरण गरेका हुन् । नेपाली दर्शक गीतमा क्रेजी भएको भन्दै वादशाहले आफ्नो गीतहरु सार्वजनिक हुँदा नेपालमा ट्रेण्डिङमा आउने भन्दै खुसी व्यक्त गरे ।

यसै क्रममा पोडकास्ट सञ्चालकहरूले नेपालमा गीत संगीत, संस्कृति भारतबाट निर्यात हुन्छ ? हैन र भन्ने प्रश्नमा वादशाहले नेपाली संगीत ‘किलर’ भएको बताए ।

यस क्रममा उनले थप्छन्, ‘ब्रो नेपाली संगीत किलर छ, उनीहरुको हिपहप गायन जबरदस्त छ, यमबुद्ध सुनेको छौ ? ऊ र्‍याप गाउने गर्थ्यो, तर बित्यो ।’

पोडकास्टमा नेपाली गायिका प्रजिनासँग एल्बम ‘एक था राजा’को ‘कृष्ण’ गीतमा सहकार्य गरेका वादशाहको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट