प्रचण्ड–ओली भेटपछि मन्त्रिपरिषद्को बैठक-Sutra News

प्रचण्ड–ओली भेटपछि मन्त्रिपरिषद्को बैठक

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।



प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार मन्त्रीपरिषद्का बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयमा प्रचण्ड र ओलीबीच छलफल भएको थियो । उक्त छलफलपश्चात नै मन्त्रिपरिषद् बैठक बसेको हो ।

अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणलाई लिएर संसदमा अवरोध गरिरहेको छ । कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गरेको छ ।

सत्ता साझेदार दल एकीकृत समाजवादीले कांग्रेसले उठाएको एजेन्डाको पक्षमा आफूलाई उभ्याएको छ । गृहमन्त्री लामिछानेले भने छानबिन समिति गठन गरिए सरकार छाड्ने चेतावनी दिएका छन् । यस्तोमा के गर्ने भन्ने अन्योल सत्ता साझेदार दलहरुका बीच देखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच कांग्रेसले उठाएको एजेन्डालाई कसरी व्यवस्थापन गर्ने भन्ने कोणबाट छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट