काठमाडौं । वर्षको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा पुगेको हो ।
सुनको मूल्य यसअघि बुधबार एक लाख ३६ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड बनाएर गिरावट भएको थियो । शुक्रबार छापावाला सुनको मूल्य भारी वृद्धि हुँदै प्रतितोला एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।