मुद्दती थुप्रिँदै जाँदा बैंकहरुले घटाए ब्याजदर, वैशाखमा कुनको कति ?-Sutra News

मुद्दती थुप्रिँदै जाँदा बैंकहरुले घटाए ब्याजदर, वैशाखमा कुनको कति ?

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । आगामी वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले वैशाखका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार चैतको तुलनामा मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।



२० वाणिज्य बैंकमध्ये १३ बैंकले घटाएका छन् भने पाँच वाणिज्य बैंकले चैतकै ब्याजदर कायम राखेका छन् । यस्तोमा दुई वाणिज्य बैंक एभरेष्ट र एनएमबिले भने निक्षेपको ब्याजदर बढाएका छन् ।

कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र हिमालयन बैंकले ब्याजदर यथावत राखेका हुन् ।

वाणिज्य बैंकहरुले औसतमा ०.१८ प्रतिशतले ब्याजदर घटाएका छन् । चैतमा ७.२५ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर ०.१८ प्रतिशतले घटेर वैशाखका लागि ७.७७ प्रतिशतमा झरेको छ ।

कुनको ब्याजदर कति ?

कृषि विकासले व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत ब्याज दिने भएको छ । जुन यसअघि चैतमा पनि कृषि विकासले सोही ब्याजदर उपलब्ध गराएको थियो ।

त्यस्तै, एसबीआई बैंकले व्यक्तिगत मुद्दतीमा ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याज दिने भएको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.०१ र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याज दिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दतीमा ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज दिने जनाएको छ । वाणिज्य बैंकले चैतमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ दिएको थियो ।

यस्तै, नेपाल बैंकले व्यक्तितर्फ ६.७५ र संस्थागततर्फ ४.७५, एभरेस्टले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, स्ट्यान्डर्ड बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै, प्रभु बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर दिनेछ ।

यस्तै, लक्ष्मी सनराइजले व्यक्तिगतर्फत ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै, ग्लोबल आईएमईले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने बताएको छ ।

प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ७.१ र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् । यस्तै, सानिमा बैंकले व्यक्तितर्फ ७.१ र संस्गागत ६.१ प्रतिशत दिने भएको छ ।

यस्तै, नबिल बैंकले व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ६.२५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ६ प्रतिशत, माछापुच्छ्र्रे बैंकले व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत तथा कुमारी बैंकले व्यक्तिगततर्फ ७.२६ र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याज दिने भएका छन् ।

वैशाखमा हिमालयन बैंकले व्यक्तिगत मुद्दतीतर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र सिटिजन्स बैंकले व्यक्तिगततर्फ ७.५ र संस्थागत ६.१५ प्रतिशत व्याजदर दिने भएका छन् ।

यस्तै, एनआईसी एशियाले व्यक्तिगततर्फ ७.७५ र संस्थागततर्फ ल६.७ प्रतिशत र एनएमबि बैंकले व्यक्तिगततर्फ ७.९७ र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याज दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट