यसरी छाती दुख्नु हृदयघातकाे संकेत हुन सक्छ-Sutra News

यसरी छाती दुख्नु हृदयघातकाे संकेत हुन सक्छ

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

हामीमध्ये धेरैले छाती दुख्ने अनुभव गरेका छौं। छाती दुख्ने धेरै प्रकार छन्। विशेषज्ञहरूका अनुसार मुटुसम्बन्धीत समस्या हुँदा छाती दुखाइ अन्यभन्दा बेग्लै हुन्छ । मानिसहरूले प्रायः वेवास्ता गर्दाकै कारण अवस्था गम्भीर हुन जान्छ ।



धेरैजसो छातीको दुखाइ सामान्य हुन्छ र यसले कुनै विशेष खतरा उत्पन्न गर्दैन, तर केही अवस्थामा, दुखाइ घाँटी र बङ्गारा र त्यसपछि पछाडि वा तल एक वा दुवै हातमा फैलिन सक्छ। यदि तपाईलाई यस्तो दुखाइ महसुस भइरहेको छ भने, यसलाई बेवास्ता गर्न हुँदैन । विज्ञहरूका अनुसार यो दुखाइ मुटुसँग सम्बन्धित समस्याहरूको प्रत्यक्ष कारण हुन सक्छ। यी कुरालाई बेवास्ता गर्दा हृदयाघात र स्ट्रोकको जोखिम बढ्न सक्छ।

हृदय सम्बन्धित छाती दुखाइ

हृदयराेगसँग सम्बन्धित समस्याले छाती दुखाइ भएकाे खण्डमा शरीर अन्य लक्षण पनि देखिने विज्ञहरू बताउँछन् । विज्ञहरूका अनुसार छाती दुखाइसँगै अन्य समस्या देखिएमा वेवास्था गर्नु गम्भीर हुनसक्छ । हृदयराेगमा देखिने लक्षणहरू यस्ता छन्–

वाकवाकी वा उल्टी हुनु

चिसो पसिना आउनु

सास फेर्न कठिनाई हुनु

मुटुको धड्कन बढ्नु

चक्कर वा कमजोरी महसुस हुनु

दबाब, भारीपन, जलन वा छातीमा असहज हुनु

दुखाइ लगातार केही मिनेट रहनु र केहि समय पछि हट्नु र पुनः फिर्ता आउनु ।

छाती दुखाइ मुटुसँग सम्बन्धित छ वा अरू कुनै कारणले हो भनेर भन्न गाह्रो हुन सक्छ। यस्तो अवस्थामा दुखाइको पहिचान गरेर थाहा पाउन सकिन्छ । सामान्यतया, हृदय समस्याको कारण छाती दुख्ने सम्भावना भएमा निल्न गाह्राे हुने, दुखाइ धेरै घण्टासम्म रहने, अमिलो स्वाद वा खानाको अनुभूति मुखमा फर्किनेलगायतका लक्षण पनि देखिन्छन् । एजेन्सीबाट

नाेट : यहाँ जे लेखिएकाे भएपनि चिकित्सकसँगकाे परामर्शमा निर्णय लिन हाम्राे आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट