एक सांसद भएकाले पनि मन्त्रालय खोजेपछि लुम्बिनी मुख्यमन्त्री सकसमा-Sutra News

एक सांसद भएकाले पनि मन्त्रालय खोजेपछि लुम्बिनी मुख्यमन्त्री सकसमा

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने प्रयोजनकका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।



तर, विश्वासको मत लिने तयारी गरेका महरालाई सानाको दलहरुको मागले हैरानीमा पारेको छ । चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त हुँदै गर्दा महराले दलहरुसँग सहमति गरेका थिए ।

तत्कालिन समय गरेको सहमतिअनुसार मन्त्री नबनाए विश्वासको मत दिँदैनौ भन्दै एक सांसद भएको एकीकृत समाजवादी र स्वतन्त्रले अडान कसेका छन् । मुख्यमन्त्रीले आलोपालोमा मन्त्री लिन भनेपनि एकीकृत समाजवादी र स्वतन्त्र मान्ने पक्षमा छैनन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको आवश्यक पर्दछ । महरालाई नियुक्त हुँदा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन थियो ।

तर, विश्वासको मत लिँदै गर्दा एकीकृत समाजवादी र स्वतन्त्रले अडान कसिरहँदा र ४ सांसद भएको नाउपाभित्र विवाद बढिरहँदा अन्योल बढेको छ । महरालाई सबैलाई समेटेर जाने पक्षमा छन् । तर, एक सांसद भएकाले पनि एक मन्त्रालय माग्दा कसरी मिलाउने सकस बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट