दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी-Sutra News

दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुग्ध जन्य उद्योगसँग ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । संघले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ ।



गत फागुनमा केन्द्रीय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो । तर, सो समयमा सम्झौताअनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघका अध्यक्ष हरिप्रसाद कँडेलले सम्झौताअनुसार दूधको भुक्तानी चैत मसान्तभित्र गरिसक्नु पर्ने र बाँकी भुक्तानी निरन्तर दिने व्यवस्था गर्नु पर्ने, किसानबाट उत्पादित दूध निरन्तर बिक्री हुने व्यवस्था मिलाउनु पर्ने बताए ।

उनले दुग्ध उत्पादक किसानलाई दिँदै आएको लिटर अनुदानलाई निरन्तर दिने व्यवस्था गरिनु पर्ने र पशु बीमालाई सहकारी संस्थामार्फत गर्ने व्यवस्था गरिनु पर्ने माग गरे ।

अध्यक्ष कँडेलले दुग्ध उत्पादक किसानका समस्याप्रति वेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीविरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनु पर्ने अवस्था आएको बताए ।

उनले सम्पूर्ण दुग्ध उत्पादक किसानलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी बाग्मती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेठलाई गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट