हावा हुरीले हवाई उडान प्रभावित-Sutra News

हावा हुरीले हवाई उडान प्रभावित

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपरान्ह आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमान स्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।



उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् । अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बुद्ध एअरको जहाज भैरहवा फर्किएको थियो । सिमराबाट काठमाडौं आइरहेको सोही कम्पनीको जहाज सिमरा डाइभर्ट भएको छ ।

काठमाडौंबाट पोखरा जान लागेको यति एअरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट