![aago](https://www.sutranews.com/wp-content/uploads/2022/03/aago-1.jpg)
![च्याउ टिप्न गएका बालकहरू आगलागीमा परी घाइते](https://www.sutranews.com/wp-content/uploads/2022/03/aago-1.jpg)
डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ४ स्थित सामूदायिक वनमा लागेको डढेलोमा परी तीन बालक गम्भीर घाइते भएका छन् ।
च्याउ टिप्न गएका १२, १३ र १० वर्षका बालकहरू घाइते भएको डोल्पाको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । दिउँसो घरनजिकै रहेको वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेका थिए ।
गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल लगिएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भए पनि हेलिकोप्टरमार्फत उद्दार गरी नेपालगञ्ज लैजान प्रयास भइरहेको छ ।
डोल्पामै सोमबार मष्टाभवानी सामूदायिक वनमा लागेको डढेलो निभाउने क्रममा चार जना सैनिक गम्भीर घाइते भएका थिए । तीमध्ये तीन जनाको उपचारका क्रममा निधन भइसकेको छ ।