गण्डकीमा सत्ता टिकाउन मन्त्रालय टुक्र्याए बाँडफाँट-Sutra News

गण्डकीमा सत्ता टिकाउन मन्त्रालय टुक्र्याए बाँडफाँट

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्दा मन्त्रालयको संख्या बढाएका छन् ।



मंगलबारको मन्त्रीपरिषद् बैठकले मन्त्रालय टुक्र्याएर ९ पुर्‍याउने निर्णय गरेको हो । सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्य मन्त्रालय टुक्रिएको हो । मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मामिला तथा कानून मन्त्रालय थप बनाएको छ ।

मन्त्रालय टुक्र्याए पनि बाँडफाँट भइसकेको छैन । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रालयको भागबण्डा मिलाउने भएको छ ।

पहिलो कार्यकालमा मुख्यमन्त्री अधिकारीले १२ वटा मन्त्रालय गाभेर ७ बनाएका थिए । सुरुमा ७ मन्त्रालय रहेको गण्डकीमा पछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टुक्र्याएर ११ वटा बनाएका थिए ।

यस्तै कृष्णचन्द्र नेपाली पोखरेलले अझै टुक्र्याएर १२ बनाए । प्रदेशसभाको दोस्रो कार्यकालमा निर्वाचित भएर आएपछि पहिलो मुख्यमन्त्री खगराजले संख्या घटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट