विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौँ’-Sutra News

विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौँ’

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तीले दुर्घटनामा परेको स्वीकारेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साताआघि आफू र आफ्नो टिमले गल्ती गरेकाले दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्यालबाहेक सबै डिस्चार्ज भएको जानकारी दिए ।



उनले बस्यालको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए । साथै, उनले ड्रिंक एण्ड ड्राइभ नगर्नसमेत सुझाव दिएका छन् । भण्डारीले लेखेका छन्, ‘जीवन एक भोगाइ हो, मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ, यी सबै भोगाइ र सिकाइको क्रम हो ।’

कार दुर्घटनामामा परेर ‘कमेडी च्याम्पियन सिजन ३’को प्रसारण रोकिएको जानकारी दिँदै आगामी दिनमा कार्यक्रम आउने जानकारी दिए । ‘आगामी दिनमा गल्ती कमजोरीलाई संस्थागत सुधार गर्दै थ्री प्रोडक्सन टिमको सम्पूर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको कन्टेन्ट बनाउनमा खर्च गर्ने प्रण गर्दै आजदेखि ‘कमेडी च्याम्पियन’को प्रशारणलाई निरन्तरता दिँदै छौँ,’ उनले भने ।

गत चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा-१-०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट