सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?-Sutra News

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले गिरावट आएको छ । अघिल्लो दिन उच्च मूल्य बनाउँदै रेकर्ड बनाएसँग बिहीबार गिरावट आएको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ६ सय रुपैयाँमा झरेको हो । तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले घट्दै एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट