मालवाहक जहाज डुंगासँग ठोक्किँदा आठ जनाको मृत्यु-Sutra News

मालवाहक जहाज डुंगासँग ठोक्किँदा आठ जनाको मृत्यु

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

काठमाडौं । एक साताअघि दक्षिणी चिनियाँ टापु हेनान नजिकै एउटा मालवाहक जहाज र माछा मार्ने डुंगा ठोक्किएपछि बुधबार आठ जनाको मृत्यु पुष्टि भएको सरकारी सञ्चार माध्यमले बताएको छ ।



सिन्ह्वा समाचार समितिका अनुसार पनामाको ध्वजाअन्तर्गत सञ्चालनमा रहेको एसआइटिसी दनाङ कन्टेनर जहाज अप्रिल ३ को मध्यरातलगत्तै माछा मार्ने डुंगासँग ठोक्किएको थियो । त्यसको असरले माछा मार्ने डुंगा डुबेको थियो र त्यसमा सवार आठ जना पानीमा खसेका थिए ।

बुधबार दिउँसो बेपत्ता सबै आठ जनाको शव बरामद गरिएको छ र धेरै जहाज र विमान सामेल भएको उद्धार कार्य समाप्त भएको छ । सरकारी प्रसारक सीसीटीभीले गत साता प्रकाशन गरेको तस्बिरमा दुर्घटना भएको स्थानमा एउटा उज्यालो सुन्तला रङको आपत्कालीन जीवन बेडालाई समुद्री क्षेत्रमा तैरिरहेको देखाइएको थियो । यद्यपि त्यहाँ कुनै पनि व्यक्तिलाई देखिएको थिएन ।

समाचारअनुसार हेनानको सुदूर दक्षिणपश्चिमी तटमा रहेको यिङ्गेहाई सहरबाट करिब ४० किलोमिटर टाढा दुर्घटना भएको थियो । पनामाको कन्टेनर जहाजलाई हेनानको सान्या बन्दरगाहमा राखिएको छ र दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट