भ्रष्टाचारको आरोपमा प्रधानाध्यापक र लेखा परीक्षकविरुद्ध मुद्दा दायर-Sutra News

भ्रष्टाचारको आरोपमा प्रधानाध्यापक र लेखा परीक्षकविरुद्ध मुद्दा दायर

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सदाशिव प्राथमिक विद्यालयका प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।



आयोगले हिसाब किताब आम्दानी खर्च विवरण नबुझाएको, लेखा परीक्षण प्रतिवेदन यथार्थ नभएको, विद्यालय व्यवस्थापन समितिले लेखा परीक्षण प्रतिवेदनमा भएको शंकाको बारेमा निर्णय गरेको भन्ने उजुरीमा अनुसन्धान गरी मुद्दा दायर भएको हो ।

विं.सं. २०६८ साल श्रावणदेखि ०६९ आषाढ र ०६९ साल श्रावणदेखि ०७० आषाढ महिनासम्मको आम्दानी खर्च विवरणमा आयतर्फका शीर्षकमा जिल्ला शिक्षा कार्यालय कास्कीबाट निकासा भएको रकम नदेखाएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले सदाशिव प्राथमिक विद्यालयका कास्कीका प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र तत्कालीन लेखा परीक्षक कृष्ण प्रसाद गौतमविरुद्ध मुद्दा दायर गरी जनही तीन लाख ७७ हजार २३६ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट