दोहोरो अंकले घट्यो नेप्से परिसूचक-Sutra News

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो ।



आज ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिद बिक्री हुँदा तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ४६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ५० प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ०३, विकास बैंक एक दशमलव २५, होटल तथा पर्यटन एक दशमलव ६७, जलविद्युत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १२ करोड ५४ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको दुई लाख ५६ हजार ७०८ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट