काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)को उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा प्रकाशित भएको छ ।
ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना मात्रै पास भएका छन् ।
पहिलो चरणको परीक्षामा पास भएकाको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ । दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
परीक्षार्थीले आफ्नो तोकिएको परीक्षा मिति, समय र स्थान परिवर्तन गर्न नसक्ने जनाएको छ । परीक्षार्थीले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य लिनु पर्ने छ । अन्यथा परीक्षा दिन पाउने छैनन् ।
अब दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइने छ । उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्ने छ । तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुने छन् ।
ईपीएसमार्फत उत्पादनमूलक क्षेत्रमा काम गर्न कोरिया जानका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका छन् ।