हरियो, रातो वा कालो कुन अंगूर खानु स्वास्थ्यको लागि उत्तम ?-Sutra News

हरियो, रातो वा कालो कुन अंगूर खानु स्वास्थ्यको लागि उत्तम ?

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

हामी प्रायः कालो र हरियो अंगूर खान्छौं। दुवै अंगूर स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ ।



कालो अंगूरमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। जबकि हरियो अंगूरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर र भिटामिन सी पाइन्छ।

तर, यी दुई अंगूरका अलावा रातो अंगूर पनि छ। जुन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुने विज्ञहरू बताउँछन् । तर, बजारमा राताे अंगुर कम भेटिन्छ ।

थाहा पाउनुहाेस् कुनकाे फाइदा कस्ताे ?

हरियो अंगूरको फाइदा

हरियो अंगूरमा धेरै पोषक तत्वहरू हुन्छन्। जसले मुटु रोगको खतरा हटाउँछ । हरियो अंगूरमा पनि फाइटोकेमिकल हुन्छ। जसले मस्तिष्कलाई तीखो बनाउँछ । साथै, यसमा फाइबर पाइन्छ जसले तौल घटाउन पनि मद्दत गर्छ । हरियो अंगूर खाँदा कब्जियतको समस्याबाट राहत मिल्छ ।

कालो अंगूरका फाइदाहरू

कालो र रातो अंगूरमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ। जसले कोषहरूलाई क्षति हुनबाट जोगाउँछ। कालो अंगूरले मधुमेह, क्यान्सर र अल्जाइमर जस्ता गम्भीर रोगहरूबाट बचाउँछ। कालो अंगूर मुटुका लागि राम्रो मानिन्छ । कालो अंगूरमा धेरै तत्वहरू हुन्छन्, जसले शरीरमा जम्मा भएको अतिरिक्त बोसोलाई हटाउन मद्दत गर्छ। कालो अंगूर मिर्गौलाका लागि निकै फाइदाजनक हुन्छ । साथै, यसले शरीरलाई डिटक्सिफाइ गर्ने काम पनि गर्छ। कालो अंगूरमा उच्च मात्रामा पोटासियम र फाइबर हुन्छ जसले रक्तचाप नियन्त्रण गर्छ।

रातो अंगूरका फाइदाहरू

रातो अंगूरमा एन्टिअक्सिडेन्ट पाइने भएकाले स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसका साथै रातो अंगूर भिटामिनको खजाना पनि हो, यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । पौष्टिक तत्वको कुरा गर्दा रातो अंगुरमा धेरै मात्रामा आइरन र क्याल्सियम पाइन्छ ।

रातो अंगूरको सेवनले मुटुलाई स्वस्थ राख्न सकिन्छ । यसमा पाइने फ्लेभोनोइड्स र पोलिफेनोल नामक एन्टिअक्सिडेन्टले मुटुको धमनीलाई जोगाउँछ र मुटुको मांसपेशीलाई जोखिम र सूजनबाट पनि बचाउँछ। रातो अंगूरको नियमित सेवनले मुटुसँग सम्बन्धित रोगको जोखिम पनि कम गर्छ ।

रातो अंगूरको सेवनले छिटो तौल बढ्ने समस्यालाई पनि नियन्त्रण गर्न सकिन्छ। रातो अंगूरलाई आफ्नो दैनिक आहारमा समावेश गरेर तौल नियन्त्रण गर्न सकिन्छ । रातो अंगूरमा पाइने फ्लेभोनोइड्स र रेभेराट्रोल जस्ता पोलिफेनोलिक इन्जाइमहरूले अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्दछ। यसबाट मस्तिष्कले राम्रोसँग काम गर्छ र अल्जाइमरको समस्याको जोखिम कम हुन्छ। यसको सेवनले कमजोर स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ ।

रातो अंगूरमा पाइने क्याल्सियम हड्डी बलियो बनाउन धेरै प्रभावकारी साबित हुन्छ। रातो अंगूर विशेष गरी बढ्दो बच्चाहरुका लागि धेरै लाभदायक छ।यसमा पाइने इन्जाइम रेभेराट्रोलमा ओस्टियोजेनिक गुण हुन्छ, अर्थात् यसले हड्डीको उचित विकासमा मद्दत गर्छ।

कुन बढी उत्तम ?

तीने खालका अंगूर स्वास्थ्यका लागि फाइदाजनक छन् । सबैमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । स्वाद व्यक्तिमा निहीत हुने हुँदा जुनै पनि खान मिल्छ । कम क्यालोरी खान खाेज्नेलाइ राताे र कालाेभन्दा हरियाे उत्तम हुने विज्ञहरू बताउँछन् । स्वास्थ्यलाभका हिसाबले तीन अंगुरमा सबैभन्दा उत्तम राताे हुने विज्ञहरूकाे भनाइ छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट