सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउँदै-Sutra News

सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउँदै

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । निरन्तर बृद्धिका बीच बुधबार सुनको मूल्य तोलाकै एक लाख ३६ हजार आठ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको मूल्य हालसम्मको उच्च हो ।



यसअघि मंगलबार नेपाली बजारमा सुनको मूल्य एक लाख ३६ हजार तीन सय रुपैयाँ थियो । जुन मूल्य पनि यसअघिकै सर्वाधिक उच्च मूल्य हो ।

महासंघका अनुसार सुनको मूल्य बढिरहँदा चाँदीको मूल्यमा पनि निरन्तर बृद्धि भइरहेको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै बुधबार तोलाको एक हजार सात सय रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेको बृद्धिको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । विश्वभर भइरहेको बृद्धिको टे«ण्डलाई हेर्दा थप मूल्य बढ्न सक्ने व्यवसायीहरुको आकंलन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट