रोहितको कप्तानीमा एसिसी कप खेल्ने टोली घोषणा, को-को परे ?-Sutra News

रोहितको कप्तानीमा एसिसी कप खेल्ने टोली घोषणा, को-को परे ?

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल (एसिसी)ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो ।



भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द अन्तिम १४ मा पर्न सकेका छैनन् । टोलीमा अरू कुनै परिवर्तन भएको छैन ।

प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुँदै छ । प्रिमियर कपको समूह ‘ए’मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह ‘बी’मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउने छ ।

नेपालको टोलीमा पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट