एक वर्षमा आगलागीमा परी १०२ जनाको मृत्यु-Sutra News

एक वर्षमा आगलागीमा परी १०२ जनाको मृत्यु

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । गएको वैशाखदेखि चैतको तेस्रो सातासम्म आगलागीमा परी नेपालमा १०२ जनाको मृत्यु भएको छ ।



देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार ७९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा १०२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीबाट सोही अवधिमा चार हजार ७२५ परिवार प्रभावित भएका छन् । आगलागीबाट दुई अर्ब ३३ करोड बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिए ।

उनले बीचमा पानी परेका कारण आगलागी घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गरे । यस वर्ष जाजरकोट भूकम्पबाहेक विपद्मा परेर मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट