सशस्त्र प्रहरीको गोदाममा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी-Sutra News

सशस्त्र प्रहरीको गोदाममा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा एक घण्टादेखि भीषण आगलागी भइरहेको छ । सोमबार साँझ अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी भएको हो ।



आगलागी विद्युत् सर्ट भएको अनुमान गरिएको छ । अहिले त्यहाँ आगो नियन्त्रणका लागि उपत्यकाका सात वटा दमकल खटिएका छन् । अग्नी नियन्त्रकको ठूलो टोली तैनाथ छ ।

दमकलसँगै दर्जनौँ पानी बोक्ने ट्यांकरलाई पनि आगो नियन्त्रणका लागि खटिएको छ । आगलागी भएको सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा देशभरका ब्यारेकमा पठाइने जिन्सी सामान राखिएको थियो ।

सशस्त्र प्रहरीले उक्त गोदाममा लत्ता कपडा, जुत्ता, मण्डी, म्याट्रेस र चुस्तासहितका सामान राखेको थियो । स्टोरका लागि प्रयोग गरिने यो ठाउँमा सामान निकाल्दा मात्रै खोलिन्थ्यो ।

आगलागीबाट भित्र रहेका अधिकांश सामान जलिसकेको छ । सशस्त्र प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट