मेडिसिटी अस्पतालमा पूजा शर्माको आकस्मिक शल्यक्रिया-Sutra News

मेडिसिटी अस्पतालमा पूजा शर्माको आकस्मिक शल्यक्रिया

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । अस्वस्थ भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी नायिका पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ। उनले एपेन्डिक्सको सफल शल्यक्रिया भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् ।



पूजा आफैंले तस्बिर पोस्ट गर्दै शल्यक्रिया सफल भएको बताएकी छिन् । यस्तै, उनले आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उपचारको क्रममा संलग्न डाक्टर र स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने शुभेच्छुकहरू प्रति धन्यवाद पनि दिएकी छन् ।

नायिका शर्माले लेखेकी छन्, ‘सफलतापूर्वक अप्रेसन भएको छ र चाँडै स्वास्थ्य रिकभर भएकोमा म खुसी छु, अबको समय चाँडो निको हुन डाक्टरको सल्लाह पालना गर्ने र आराम गर्ने हो ।’

‘मेरो स्वास्थ्यलाभको शुभकामनाको लागि धन्यवाद । तपाईंका दयालु सन्देशले मेरो हृदय कृतज्ञताले भरिएको छ । म भाग्यमानी छु कि मेरो जीवनमा यस्ता अद्भूत व्यक्ति छन् । सुस्वास्थ्य, सुख शान्ति र सदैव तपाईंको साथमा रहोस् । आमेन ।’

आइतबार शल्यक्रिया गरिएको र सोमबार बेलुकासम्म डिस्चार्ज हुने जनाइएको छ । कामको कुरा गर्दा पूजा आफूले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘रावायण’ छायांकन तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट