गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स-Sutra News

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता चर्चित रहेका गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको सम्बन्धविच्छेद (डिभोर्स) भएको छ ।



निशान र ऋचाले २०७७ सालमा कानुनी विवाहमा परिणत गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न सकेन । यी दुवै सम्बन्धबिच्छेदको आदेश चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले दिएको हो ।

निशान र मोडल ऋचाको सम्बन्धविच्छेद एक वर्ष देखि यी दुवैले सामाजिक सञ्जालमा एकअर्कासँगको तस्वीर डिलिट गरेसँगै भइरहेको थियो । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।

सम्बन्धविच्छेदपछि अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

मोडलिङ पेशामा आबद्ध ऋचाले पछिल्लो समय निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट