गुगलले सूर्य ग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने-Sutra News

गुगलले सूर्य ग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्ने छ ।



यस दृश्यलाई गुगलले विशेष एनिमेसनमार्फत देखाउने छ । प्रयोगकर्ताले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिने छ ।

सूर्य चार मिनेटको लागि ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहने सूर्य ग्रहण नेपाल, भारतलगायतका एशियाली मुलुकहरूबाट देख्न सकिने छैन । तर कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशबाट खण्डग्रास (आंशिक) ग्रहण देखिने छ ।

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले सूर्य ग्रहणसम्बन्धी आफ्नो प्रत्यक्ष प्रशारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रशारण करिब तीन घण्टा जारी रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट