हैजाबाट बच्न बसाई सरेका ९१ जनाको डुंगा डुबेर मृत्यु, बेपत्ताको खोजी हुँदै-Sutra News

हैजाबाट बच्न बसाई सरेका ९१ जनाको डुंगा डुबेर मृत्यु, बेपत्ताको खोजी हुँदै

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुंगा डुबेको छ । दुर्घटनामा ९१ जनाको मृत्यु भएको थियो । तीमध्ये धेरै बालबालिका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान छ ।



बीबीसीका अनुसार माछा मार्ने डुंगामा १३० जना सवार थिए । जुन क्षमताभन्दा बढी थियो । पाँच जनालाई बचाउन सकियो भने धेरै बेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।

स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुंगा डुबेको हो । नाम्पुला सचिव जेमे नेटोका अनुसार डुंगा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको थियो । यसमा सवार सबै मानिस हैजाको रोगबाट बच्न बसाई सरेका थिए ।

घटनासँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा मानिसलाई उद्धार गरिरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट