सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघिआइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढिरहँदा चाँदीको मूल्य पनि रेडर्क राख्नेगरी बृद्धि भइरहेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य एक हजार छ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

पछिल्लो केही समयदेखि उच्च दरमा बढेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै गर्दा यसको लाभ पाउनबाट नेपाली लगानीकर्ताहरू भने वञ्चित हुँदै गएका छन् । नेपालमा विवाह, धार्मिक तथा सांस्कृतिक कार्यको लागि सुनको प्रयोग हुने गरेपनि कमोडिटी मार्केटमा कारोबार गर्न नपाइने हुनाले लगानीकर्ता सुनको मूल्य वृद्धिका बाबजुद पनि लाभ लिनबाट चुकिरहेको भन्दै लगानीकर्ताले ढिक्का वा काँचो सुन पनि खरिदबिक्री गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । नेपालमा काँचो वा ढिक्का सुन खरिदबिक्रीलाई अवैधानिक मानिने कानुनी व्यवस्था बदल्न लगानीकर्ताले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट