गुजरातलाई हराउँदै नेपालले गर्‍यो उपाधि रक्षा-Sutra News

गुजरातलाई हराउँदै नेपालले गर्‍यो उपाधि रक्षा

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । भारतमा जारी एसएमएस त्रिकोणात्मक टी २० शृंखलामा नेपालीले गुजरातलाई पराजित गर्दै उपाधि रक्षा गरेको छ । नेपालले गुजरातलाई १८ रनले पराजित गरेको हो ।



टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्ध शतकीय पारी खेल्दै ४७ बलमा ७४ रन बनाए ।

ओपनर ब्याट्सम्यान आसिफ शेखले ३४ बलमा ३४ रन थपे । अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाएका थिए ।

कुशल मल्लले १३ बलमा अविजित ३१ रनको योगदान गरे । सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले ।

भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक–एक विकेट लिए ।

गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए । आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५–१५ रन बनाए ।

नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । करण केसी र कुशल मल्लले १र१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट