डुंगा डुब्दा आठ जना बेपत्ता-Sutra News

डुंगा डुब्दा आठ जना बेपत्ता

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुंगा र पनामाको एउटा कन्टेनर जहाज आपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले जनाएको छ ।



‘युएनन आओयु ३६०६२’ नामक माछा मार्ने डुंगा बुधबार मध्यरातमा लेदोङ काउन्टीको यिङगेहाई टाउनबाट २२ नटिकल माइल दक्षिणपश्चिममा पनामाको कन्टेनर जहाज ‘एसआईटीसी डानाङ’ सँग ठोक्किएको थियो ।

पानीको मुनिका रोबोटहरू र टाढाबाट सञ्चालित पनडुब्बी जस्ता उन्नत प्रविधिको सहयोगमा खोजी र उद्धार प्रयासहरू जारी रहेका छन् । माछा मार्ने डुंगा डुबेको स्थान शनिबार निर्धारण गरिएको थियो ।

उक्त स्थानमा पानीको तीव्र बहाव र डुबेको जहाजको चारैतिर माछा मार्ने जालको कारण गोताखोरको खोजी तथा अभियानमा कठिनाइ भएको छ । हराइरहेका व्यक्तिको खोजीका लागि शनिबार उद्धार डुंगा, हवाईजहाज र उद्धारकर्मी पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट