सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ कीर्तिमान-Sutra News

सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ कीर्तिमान

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडौं । गत साताको तुलनामा यो साता नेपाली बजारमा सुनको मूल्य भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेको हो ।



गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ थियो । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँ थियो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार ७०० रुपैयाँ पुग्यो भने तेजाबी सुन एक लाख ३२ हजार ५० रुपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा उच्च विन्दु हो ।

यस्तै, चाँदीको मूल्यसमेत भारी वृद्धि भएको छ । गत साताको तुलनामा चाँदीको मूल्य ९० रुपैयाँले वृद्धि भएको हो । गत साता प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा १६ सय १५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट