‘डिग्री माइला’को लिरिकल गीत ‘किन’मा दयाहाङ र आँचलको नोकझोक-Sutra News

‘डिग्री माइला’को लिरिकल गीत ‘किन’मा दयाहाङ र आँचलको नोकझोक

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । आगामी चैत्र ३० गतेबाट नेपाली नयाँ वर्षको अवसर पारेर प्रदर्शन हुने फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को लिरिकल गीत ‘किन’ सार्वजनिक भएको छ ।



अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको रहेको छ । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको ।

वर्षकै प्रतिक्षित रुपमा हेरिएको रामबाबु गुरुङ निर्देशित फिल्मले ट्रेलर सार्वजनिक भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा चित्रित भएका दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । फिल्ममा आँचल शर्मा दयाको जोडी बनेकी छन् ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ ।

यो फिल्मलाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरिएको हो । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ ।

फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।

फिल्म चैत ३० गते नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शन हुने छ । सेभेन सिज इन्टरटेनमेन्टले गर्न लागेको फिल्म अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा र अमेरिकाका ४० बढी शहरमा ४ सय बढी शोमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट