नाउपा विवाद : रेशमको निर्देशनपछि रञ्जिताको ह्वीप-Sutra News

नाउपा विवाद : रेशमको निर्देशनपछि रञ्जिताको ह्वीप

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चरमतामा पुगेको छ । केन्द्र र प्रदेशको सत्ता समीकरणलाई लिएर उत्पन्न विवाद चरमतामा पुगेको हो ।



विवादका बीचमा पार्टी केन्द्रीय संस्थापन सदस्य र सांसदहरुको बेठकमा नेताहरुबीच कुटाकुटको अवस्था समेत बन्यो । योबीचमा विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागि भए । तर, विवाद थप बढ्दो देखिन्छ ।

यहीबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने कोणबाट उत्पन्न विवाद सतहमा देखिएको छ । एमाले–माओवादी पक्षलाई सघाउने निर्णयपछि संस्थापक रेशम चौधरीले मत दिन निर्देशन गरेपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मत नदिन ह्वीप नै जारी गरेकी छिन् ।

बुधबार एक सूचना जारी गर्दै मत नदिन ह्वीप लगाएकी हुन् ।

“नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुदाँ दैनिक सभा सञ्चालनलगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्वीप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु”, श्रेष्ठले जारी गरेको पत्रमा भनिएको छ ।

मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन्। सुदूरपश्चिप प्रदेशसभामा नाउपाका ७ जना सांसद छन् । जसमध्ये पाँच जना मन्त्री छन् । चौधरीले पाँच मन्त्रीलाई मत दिन निर्देशन गरेपछि श्रेष्ठले ह्वीप लगाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट