टेलर स्वीफ्ट बनिन् गीत गाएर डलर अर्बपति-Sutra News

टेलर स्वीफ्ट बनिन् गीत गाएर डलर अर्बपति

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । अमेरिकी व्यवसायिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिको सूचीमा गायिका टेलर स्वीफ्ट समावेश भएकी छन् ।



नयाँ सूची सार्वजनिक भएअनुसार औपचारिक रुपमै अर्बपतिको नाममा टेलरको नाम समावेश भएको हो । यो सूचीमा उनीबाहेक कयौँ कलाकारसमेत समावेश भएका छन् ।

स्वीफ्ट गएको अक्टोबरमै अर्बपति बनेकी थिइन् । एराज टूरका कारण कमाई बढेसँगै उनी फोर्ब्सको सूचीमा परेकी थिइन् ।

फोर्ब्सका अनुसार उनको कूल सम्पत्ति एक अर्ब डलरभन्दा बढी भएको बताइएको छ । यो सूचीमा रिहाना, जे–जेड र जिम्मी बफेटलगायत कलाकार छन् । तर केबल गीत लेखेर अनि गाएरै यो सूचीमा पर्ने चाँही उनी पहिलो कलाकार हुन् ।

स्वीफ्टको इराज टूरको पहिलो ६० ओटा शोबाटै एक अर्ब चार करोड डलर कमाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट