नेपाल ‘ए’को लज्जास्पद हार, १५८ रन पूरा गर्न सकेन-Sutra News

नेपाल ‘ए’को लज्जास्पद हार, १५८ रन पूरा गर्न सकेन

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । नेपाल ‘ए’ टोलीका ब्याट्सम्यानले कमजोर प्रदर्शन गर्दा सामान्य लक्ष्य पूरा गर्न नसकी पराजित भएको छ ।



आयरल्यान्ड ‘ए’विरुद्धको पहिलो एक दिवसीय खेलमा बुधबार नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको हो । १५८ रनको सामान्य लक्ष्य पछ्याए पनि नेपाली ब्याट्सम्यानले पूरा गर्न सकेनन् ।

आयरल्याण्डले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए २५.३ ओभरमा १३६ रनमा समेटिएको थियो ।

नेपालका लागि साहब आलमले बनाएको ३७ रन नै सर्वाधिक बन्यो । देव खनालले २६ र बसिर अहमदले २० रन थपे । रिजन ढकाल १२ रनमा नटआउट रहे ।

नेपाललाई कम स्कोरमा रोक्न म्याथुले पाँच विकेट लिए । लियान म्याककार्तीले ४ विकेट लिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्ड ३८.३ ओभरमा १५७ रन बनाउँदा अल आउट भयो । आयरल्याण्डलाई कम स्कोरमा रोक्न नेपालका लागि कमल ऐरिले ह्याट्रिकसहित चार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट