नेपालले गुजरातविरुद्ध पहिला ब्याटिङ गर्ने-Sutra News

नेपालले गुजरातविरुद्ध पहिला ब्याटिङ गर्ने

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । त्रिकोणात्मक टी २० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले गुजरातविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।



राज्य स्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ खेल्न गुजरातले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुनेछ ।

जारी त्रिकोणात्मक शृंखलामा नेपालको यो तेस्रो खेल हो । यसअघि खेलिएको दुवै खेलमा विजयी भएको नेपाल आजको खेल जित्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा गुजरातलाई र दोस्रो खेलमा बरोडालाई हराएको थियो । लिग चरणमा तीन वटै टोलीले एकार्कासँग दुई–दुई खेल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट